बिहीबार, फागुन २०, २०७७

सोमबार नेपालमा थपिए २ हजार ४४० संक्रमित

ज्योतिन्यूज २०७७ असोज १९ गते १६:२५

१९ असोज, काठमाडौँ ।
सोमबार नेपालमा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७८१ नमुना परिक्षण गर्दा सो मात्रामा कोरोनाभाइरसका नया संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । त्यसैगरी गत २४ घण्टामा ११३३ जना निको भएका छन् । हालसम्म ६५ हजार २०२ जना निको भइ घर गएका छन् ।
काठमाडौँ जिल्लामा ११७८, भक्तपुरमा १०३ तथा ललितपुरमा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने उपत्यकामा आज १५३१ ज्ना संक्रमित भेटिएका हुन्् । अहिले देशमा ४ हजार ३३ जना क्वारेन्टीनमा रहेका छन् भने २३ हजार ५ सय ७ जना संक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया