शुक्रबार, वैशाख ३१, २०७८

नेपाल बैँकका सञ्चालकमा शेयरधनीको प्रतिनिधित्व वृद्धि हुने

ज्योतिन्यूज २०७७ असोज १९ गते १९:३२

काठमाडौँ, १९ असोज ।
नेपाल बैंक लिमिटेडको विशेष
साधारणससभाले सञ्चालक समितिमा साविकको व्यवस्थामा परिवर्तन गरी शेयरधनीको
प्रतिनिधित्व बढाएको छ ।
भर्चुअलरुपमा आज गरिएको सभाले नेपाल सरकारबाट मनोनयन हुने चार सञ्चालकबाट
घटाई तीन र सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित हुने दुईबाट वृद्धि
गरी तीन कायम गर्ने व्यवस्था पारित गरेको छ ।
नियमावलीको सम्बन्धित दफामा
संशोधन गर्नाका साथै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुने
गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा
नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको
बैकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया