बुधबार, कार्तिक ३, २०७८

नेकपा सचिवालय बैठक आज बस्ने

ज्योतिन्यूज २०७७ असोज २० गते ७:०४

१९ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएकोे छ । हिजो भएको दुई अध्यक्ष विचको बैठकले आज बैठक बोलाउने निर्णय गरेको थियो । मंगलबार अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्ने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

यसअघि आइतबार साँझ ४ बजेका लागि सचिवालय बैठक तय गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि बैठक बस्न सकेन । तर दुई अध्यक्षबीच आइतबार बैठक बसेको थियो । सोमबार बसेको दुई अध्यक्षबीचको बैठकले कार्यसूचीको तयारीबारेमा गृहकार्य गरेको बालुवाटार स्रोतले बताएको छ ।

आज बस्ने बैठकमा प्रदेश ५ को राजधानी विषयमा भइरहेको आन्दोलनका विषयमा समेत छलफल हुनसक्ने सापकोटाले बताउनुभयो।

प्रतिक्रिया