भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख नाघ्यो
ज्योतिन्यूज
२०७७ असोज २० गते ९:५५
२० असोज, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख नाघेको छ । भारतमा हालसम्म ६६ लाख २३ हजार ८१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ मा कोरोना संक्रमण भएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २ हजार ६८५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९०३ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया