आइतबार, जेठ २, २०७८

प्रदेश ५ राजधानी विवाद : दाङको विपक्षमा मतदान गर्न काँग्रेसको उर्दी

ज्योतिन्यूज २०७७ असोज २० गते १०:१७

बुटवल, २० असोज । प्रदेश ५ को राजधानीको विषयमा संसदमा भाँडभैलोको अवस्था छ ।नेकपाले आफ्ना सांसदहरुलाई दाङको पक्षमा मतदान गर्न ह्विप जारी गर्दै गर्दा काँग्रेसले भने त्यसको विरुद्धमा मतदान गर्न ह्विप जारी गरेको छ ।

सोमबारको बैठकमा नाराबाजी र तोडफोड गरेका सांसदहरुले आजको बैठकमा पनि विरोध गर्ने जनाएका छन् ।

कांग्रेस सचेतक निर्मला क्षेत्रीले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको जानकारी दिनुभयो ।

सरकारले बहुमतको दम्भ देखाएर प्रस्ताव मतदान गर्नमा लगेको खण्डमा त्यसको विरद्धमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरिएको काँग्रेसले जनाएको छ ।

यता नेपाली कांग्रेसको राप्ती पारीका सांसदहरुले भने पार्टीको ह्वीप नमान्ने बताएका छन् ।

 

प्रतिक्रिया