आइतबार, फागुन १६, २०७७

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्युु

ज्योतिन्यूज २०७७ असोज २० गते १२:०३

[pl_row]
[pl_col col=12]
[pl_text]

काठमाडौं । कोरोना संक्रमणबाट  मंगलबार थप ४ जनाको मृत्युु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमितको आज मंगलबार विहान मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार क्यान्सर रोगबाट पीडित कानेपोखरीका ५० वर्षीय पुरुषलाई ज्वरो आएपछि सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, मधुमेहका दीर्घ रोगी रतुवामाईका ४५ वर्षीय पुरुषलाई ज्वरो, निमोनिया र टाइफाइड भएपछि असोज १३ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गर्दा गर्दै बिहान मृत्यु भएको हो ।

यसैबिच, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको आज विहान मृत्यु भएको छ ।सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिनुुभएको छ ।

ती पुरुषमा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक डायबिटिज र टिबी रोगबाटसमेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ

उता, चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले बताउनुभएको छ ।

निमोनिया र स्वासप्रस्वासबाट समस्या भई उनी असोज १६ गते अस्पतालमा भर्ना भएका थिए। उनको आईसीयू कक्षमा राखेर उपचार गरिएको थियो।

यसैबिच, चितवनमा तीन वर्षीया बालिकासहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २० जनामध्ये १८ जना चितवनका हुन् । बाँकी दुई जना नवलपरासी र दाङका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

[/pl_text]
[/pl_col]
[/pl_row]

प्रतिक्रिया