शनिबार, वैशाख ४, २०७८

रुपन्देहीका २ हजार बढी नेकपा सदस्यले पार्टी परित्याग गरेको घोषणा

ज्योतिन्यूज २०७७ असोज २० गते १२:४३

२० असोज, बुटवल । आफुहरु सामू नेताहरुले गरेको बाचा पूरा नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका २ हजार बढी व्यवसायीहरुले पार्टीबाट राजिनामा दिने भएका छन् । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी सार्ने प्रस्तावमा रुपन्देहीबाट निर्वाचित सांसदहरुले दाङको पक्षमा समर्थन जनाएर जनभावना विपरीत गएकाले पार्टी नेतृत्वलाई राजिनामा बुझाउने निर्णय गरेका हुन् ।

बुटवलमा मंलगबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले रुपन्देहीका मन्त्री तथा सांसदलाई बहिष्कार गर्ने जनाएका छन् । राजिनामा दिनेहरुमा पार्टिको केन्द्रिय बिभागका सदस्यहरु समेत छन् । यस क्षेत्रमा रहेका तिनहजार हाराहारी पार्टि सदस्य भएका व्यवसायीहरुले नेकपा नेतृत्वको सरकार र पार्टि अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन् । प्रदेश राजधानी दाङ तोक्ने निर्णय भएसँगै बुटवल आन्दोलनमा छ ।

प्रतिक्रिया