शुक्रबार, वैशाख १०, २०७८

यात्रुले गल्ती गर्दा नेपाल एयरलाइन्स कारवाहीमा

ज्योतिन्यूज २०७७ असोज २० गते १५:०६

२० असोज, काठमाडौं । नेपाल एयरलाइन्सको जहाज चढेर हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गरेको छ । ६ जना यात्रुमा कोरोना संक्रमण देखिएको कारण दुई हप्ता सम्मको निम्ती हङकङले एयरलाइन्सलाई कारवाही गरेको होे । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिर्पोट नेगेटिभ आएकै यात्रुमा समेत हङकङमा कोरोना देखिएको हो ।

नेपालबाट अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधान थियो ।तर स्वाब दिएपछि बजारमा डुल्ने बानी भएको कारण कोरोना देखिएको हुनसक्ने बताइएको छ । यात्रुहरुले गल्ती गरेको कारण नेपाल एयरलाइन्सलाई कारवाही भोग्नु परेको हो । आइतबार लागेको प्रतिवन्ध अब १७ अक्टोवरमा मात्र फुकुवा हुनेछ । अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ गएका ६ यात्रुमा कोरोना देखिएको थियो ।

प्रतिक्रिया