दाङ राजधानी तोक्ने नतोक्नेबारे प्रदेशसभामा मतदान शुरु
ज्योतिन्यूज
२०७७ असोज २० गते १५:१७
२० असोज, बुटवल । प्रदेश नम्बर ५ को राजधानी दाङ राख्ने या नराख्ने विषयमा मतदान शुरु भएको छ । नेकपाले आफ्ना सांसदलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ भने काँग्रेसले विपक्षमा मतदान गर्न भनेको छ । तर काँग्रेसका केही सदस्यहरुले भने पक्षमा नै मतदान गर्ने भनेका छन् । उक्त प्रस्तावलाई दुई तिहाई बहुमतले पारित गरेको खण्डमा राजधानी दाङ हुनेछ भने नाम लुम्बिनी तोकिने छ ।
सम्बन्धित
प्रतिक्रिया