शुक्रबार, फागुन १४, २०७७

प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्ताव बहुमतले पारित

ज्योतिन्यूज २०७७ असोज २० गते १५:५०

२० असोज, बुटवल । प्रदेश ५ को राजधानी दाङ कायम भएको छ । प्रदेश सभामा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रस्तावलाई संसदले दुई तिहाई मतले पारित गरेको हो । हाल प्रदेश ५ मा ८७ जना सांसद रहेका छन् । हाज ८२ जना उपस्थित रहेका थिए । जसमा दाङको पक्षमा ६९ मत, विपक्षमा १३ मतपरेको छ । यो सँगै दाङको भालुवाङ्ग राजधानी कायम भएको घोषणा सभामुख पूर्णबहादुर घर्तीले गर्नुभयो ।अब नामको लागि मतदान शुरु हुँदै छ । लुम्बिनी नाम राख्ने गरी गरिएको प्रस्तावमा पनि दुई तिहाई बहुमत आएको खण्डमा पारित हुने छ ।

प्रतिक्रिया