आइतबार, चैत २९, २०७७

प्रदेश नम्बर ५ को नाम अब ‘लुम्बिनी’

ज्योतिन्यूज २०७७ असोज २० गते १६:१७

२० असोज, बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी कायम भएको छ भने नाम लुम्बिनी राख्ने प्रस्ताव पनि बहुमतले पारित भएको छ ।
प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। ८३ जनाले भोट हालेका छन्।
लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी बताउनुभयो । दाङ राजधानी राख्ने विपक्षमा कांग्रेसका १३ जनाले मत दिएका थिए। पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत परेको थियो ।
प्रदेश सभामा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रस्तावलाई संसदले दुई तिहाई मतले पारित गरेको हो । हाल प्रदेश ५ मा ८७ जना सांसद रहेका छन् ।
प्रदेश सरकार गठन भएको ९६७ दिनपछि नाम र राजधानी तोकिएको हो । सभामुख घर्तीले आजको दिन युगौयुग सम्म सम्झिने दिन भएको बताउनुभयो ।

प्रतिक्रिया