मंगलबार थपिए १५५१ संक्रमित
ज्योतिन्यूज
२०७७ असोज २० गते १६:२६
२० असोज, काठमाडौँ । मंगलबार नेपालमा १५५१ जना नया संक्रमित थपिएका छन् । ११ हजार ४७ नमुना परिक्षणमा सो मात्रामा संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।
काठमाडौँ जिल्लामा ७८३ , भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नया संक्रमित थपिएका छन् । यसैगरी गत ४ घण्टामा २३४० जना निको भएका छन् भने हाल सम्म निको हुनेहरुको संख्या ६७ हजार ५४२ पुगेको छ । २२ हजार ७०९ जना सक्रि संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया