आइतबार, जेठ २, २०७८

उपत्यकामा १०१७ लाई कोरोना संक्रमण

ज्योतिन्यूज २०७७ असोज २० गते १६:३४

काठमाडौँ ।
मंगलबार उपत्यकामा १०१७ जना नया संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ७८३ , भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नया संक्रमित थपिएका छन् । यस्तै नेपालमा १५५१ जना नया संक्रमित थपिएका छन् । ११ हजार ४७ नमुना परिक्षणमा सो मात्रामा संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । यसैगरी गत ४ घण्टामा २३४० जना निको भएका छन् भने हाल सम्म निको हुनेहरुको संख्या ६७ हजार ५४२ पुगेको छ । २२ हजार ७०९ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
यस अवधिमा ९ जनाको निधन भएको छ भने हालसम्म निधन  हुनेको संख्या ५६३ पुगेको छ ।

प्रतिक्रिया