आइतबार, चैत २९, २०७७

ब्रिक्सको १२ औं सम्मेलन भर्चुअल हुने

ज्योतिन्यूज २०७७ असोज २० गते २२:५९

एजेन्सी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिंग लद्दाखको तनावपूर्ण स्थितीपछि पहिलो पटक नोभेम्बरमा भर्चुअल बैठकमा भेट हुने भएको छ ।

हरेक वर्ष आयोजना गरिने ब्रिक्स सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुख नै सहभागि हुने गर्दछन् । यसपटक भने विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड१९)का कारण भौतिक रुपमा सहभागिता जनाउन नसकिने अवस्था आएपछि १२ औं ब्रिक्स सम्मेलन भर्चुअल आयोजना गर्न लागिएको हो ।

ब्रिक्समाः ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेका छन् । रूसले जनाए अनुसार १२ औं ब्रिक्स सम्मेलन १७ नोभेम्बरमा भर्चुअल च्यानल मार्फत हुनेछ । यो सम्मेलनमा सबै राष्ट्र प्रमुखले भिडियो कन्फरेन्स मार्फत भाग लिनेछन् ।

यही सम्मेलनमा भारत र चीनका सरकार प्रमुख भिडियो कन्फ्रेन्स मार्फत आमने सामने हुनेछन् ।

गएको छ वर्षमा कम्तिमा १८ पटक भेट भइसकेका मोदी र सीले दुई देशको सीमा विवादका बारेमा अहिलेसम्म एक अर्कासँग कुरा गरेका छैनन् ।

१७ नोभेम्बर अघि यी दुई नेता बीच कुनै बैठक वा फोन सम्वाद निर्धारित गरिएको छैन, यद्यपि, सूत्रहरूको उद्धृत गर्दै वार्ताको सम्भावनालाई अस्विकार गर्न नसकिने अखबारले बताएको छ ।

यसभन्दा अघि दुबै नेताहरू २७ मार्चमा एउटा प्लेटफर्ममा देखिएका थिए जहाँ साउदी अरेबियाले कोविड–१९ को महामारीको बारेमा जी-२० देशहरूको भर्चुअल बैठक आयोजना गरेको थियो ।

मोदी र सीसंग फेरि जी २० प्लेटफार्म साझा गर्ने अर्को अवसर हुनेछ । वास्तवमा, प्रत्येक वर्ष ब्रिक्स सम्मेलनपछि चार दिने जी-२० सम्मेलन हुने गर्दछ । यस पटक यो सम्मेलन नोभेम्बर २१-२२ मा आयोजना हुनेछ ।

स्रोतहरु भन्छन् कि ब्रिक्स सम्मेलन भारत र चीन बीचको सीमा विवाद सुल्झाउने अवसर हुन सक्छ । यदी दुबै पक्षले नोभेम्बर १७ भन्दा पहिले यस समस्यालाई सुल्झाउन प्रयास गरे भने ।

 

प्रतिक्रिया