सुनको मूल्य घट्यो, तोलाको कति ?
ज्योतिन्यूज
२०७७ असोज २१ गते १५:१२
२० असोज, काठमाडौँ । काठमाडौँ । सुनको मूल्यमा दैनिक रुपमा देखिएको उतार चढाव कायम रहेको छ । असोज २१ गते, बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबार भने सुन आजकै मूल्यमा किनबेच भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि बुधबार ओरालो लागेको छ । यसदिन चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस साता आइतबारदेखि नै सुनचाँदीको भाउ निरन्तर घटिरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया