बुधबार, असार ९, २०७८

नेपालमा कोरोना संक्रमणको नयाँ कीर्तिमानी कायम

ज्योतिन्यूज २०७७ असोज २१ गते १६:२५

२१ असोज, काठमाडौँ ।
बुधबार ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । यो भनेको हालसम्मकै सर्वाधिक दैनिक संक्रमण हो । १४ हजार २०९ नुमना परिक्षण गर्दा सो मात्रामा कोरोना देखिएकोे हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ भने ६८ हजार ६६८ जना निको भएका छन् । गत २४ घण्टामा ११२६ जना निको भएका छन् । काठमाडौँमा १ हजार ६८४ जनामा कोरोना देखिएको छ । काठमाडौँ जिल्लामा १२९६, भक्तपुरमा ९५ तथा ललितपुरमा २९३ जनामा कोरोना देखिएको हो ।

प्रतिक्रिया