बिहीबार, साउन १४, २०७८

एकैदिन काठमाडौँमा भेटिए १६८४ संक्रमित

ज्योतिन्यूज २०७७ असोज २१ गते १६:३०

२१ असोज, काठमाडौँ ।
काठमाडौँ उपत्यकामा १ हजार ६८४ जनामा कोरोना देखिएको छ । काठमाडौँ जिल्लामा १२९६, भक्तपुरमा ९५ तथा ललितपुरमा २९३ जनामा कोरोना देखिएको हो ।
यसैगरी नेपालमा बुधबार ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । यो भनेको हालसम्मकै सर्वाधिक दैनिक संक्रमण हो । १४ हजार २०९ नुमना परिक्षण गर्दा सो मात्रामा कोरोना देखिएकोे हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ भने ६८ हजार ६६८ जना निको भएका छन् । गत २४ घण्टामा ११२६ जना निको भएका छन् । यो अवधिमा १५ जनाको निधन भएको छ भने निधो हुनेहरुको स ंख्या ५७८ पुगेको छ ।

प्रतिक्रिया