बुधबार, असार ९, २०७८

जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु

ज्योतिन्यूज २०७७ असोज २१ गते १८:३८

२१ असोज, जाजरकोट – जुनीचाँदे गाउँपालिका १, औलभीरमा भे १ ज ९३५ नं।को जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा जुनीचाँदे वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले बताउनुभयो ।

जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको उनले जानकारी दिए। घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाबाट प्रहरी गएको छ। दिउसो २ बजेको समयमा जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ। प्रहरीले घटनाबारे थप खोजी गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया