कृषि मन्त्रालयले देश भरका कृषकहरुकोे गणना गर्दै
ज्योतिन्यूज
२०७७ असोज २१ गते १८:५१
२१ असोज काठमाडौँ । कृषितथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानहरुको गणना गर्ने भएको छ । ७ सय ५३ वटै स्थानीयतहमार्फत किसानहरुले उत्पादनगर्ने मुख्यबाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए नपाएको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयले जनाएको छ ।
सरकारले राष्ट्रिय जनगणना गर्न लागेको बेला कृषि मन्त्रालयले कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचानगर्न खोजिएको पनिबताएको छ । सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षण सम्बन्धी कार्यक्रम पठाइसकेको र केहीदिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयको भनाइ छ । कृषक सूचीकरणपछि वास्तविक कृषकहरुको परिचय स्थापितहुने, कृषि क्षेत्रमा प्रवाहहुने सेवाहरुमा दोहोरोपना हट्ने तथा सबै किसानमा सरकारी पहुँचपुग्ने आशा गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया