शुक्रबार, असार ११, २०७८

खतिवडासहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

ज्योतिन्यूज २०७७ असोज २१ गते १९:१२

काठमाडौँ, २१ असोज । संघीय संसदको संसदीय सुनुवाई समितिले युवराज खतिवडा सहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाकालागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

उहाँहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।आज बसेको सुनुवाई समितिको बैठकले तीनै जनाविरुद्ध उजुरी दिन १० दिनको समय दिएर सूचनाप्रकाशित गरेको छ । कात्तिक ३ गतेसम्मउजुरी दिन सकिने समिति सचिवालयले जनाएको छ ।सूचनामा सिफारिस गरिएका व्यक्तिलाई राजदूत नियुक्तगर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आाधार एवं प्रमाणसहित उजुरी दिन भनिएको छ । उजुरीकर्ताको परिचय गोप्य राखिने पनि समितिले जनाएको छ ।

प्रतिक्रिया