मंगलबार, असार ८, २०७८

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख भन्दा नाघ्यो

ज्योतिन्यूज २०७७ असोज २२ गते ९:३५

काठमाडौँ, २२ असोज ।
नोबेल कोरोना भाइरसका कारण बढी प्रभावित हुने मध्येको एक दक्षिण अमेरिकी देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख भन्दा बढी पुगेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख सात सय पुगेको हो।ब्राजिलमा कोभिड–१९ का कारण अहिलेसम्म एक लाख ४८ हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म तीन करोड ६० लाख ६८ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । विश्वभर कोभिड–१९ का कारण १० लाख ५४ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया