शनिबार, साउन १६, २०७८

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्योतिन्यूज २०७७ असोज २२ गते १४:२४

पर्सा, २२ असोज
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२३ बस्ने २३ वर्षीय अर्जुन पासवानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको २०७५ कात्तिक १४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया