सोमबार, असोज ११, २०७८

लमजुङमा खुल्यो करदाता सेवा कार्यालय, २ जिल्ला लाभान्वित हुने

ज्योतिन्यूज २०७७ असोज २२ गते १४:४९

बेसीशहर, २२ असोज । लमजुङकोे बेसीशहरमा करदाता सेवा कार्यलय शुभारम्भ गरिएको छ । आन्तरिक राजस्व कार्यालय दमौलीको मातहतमा रहने गरी सेवा प्रवाह गर्ने गरी शुभारम्भ गरिएको कार्यालयको कार्यक्षेत्र लमजुङ र मनाङ जिल्ला रहेको छ ।
यस कार्यालयबाट अब लमजुङ जिल्लाका ८ हजार ३ सय तथा मनाङ जिल्लाका करिब ६ सय करदाताहरुले लाभ पाउनेछन् । त्यसैगरी करदाताहरुकोे संख्यामा पनि वृद्धि हुने अपेक्षा गरिएको  सेवा कार्यालयका प्रमुख एवं  कर अधिकृत सुशील लम्सालले जानकारी दिनुभयो ।

कर अधिकृत, सुशील लम्साल

“यस अघि सेवा लिनको निम्ती दमौली जानुपथ्र्यो , जसको कारण करदाताकोे लागत धेरै हुन्थ्यो” उहाँले भन्नुभयो, “यहाँ कार्यालय खुलेसँगै करदाताको लागत कम हुन्छ।”।
त्यतिमात्र नभएर कर तिर्ने कार्यालयको पहुँच टाढा हुँदा कर तिर्नेहरु पनि कम थिए । अब भने नजिकै कार्यालय भएसँगै कर बुझाउने सेवाग्राहीहरुको संख्या पनि बढ्ने उहाँले बताउनुभयो । यो क्षेत्र विशेष गरी पर्यटकीय व्यवसायको निम्ती परिचित छ ।
उक्त कार्यालयको बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिँह अर्याल तथा आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत सूर्य प्रसाद सेडाईँले स्थायी लेखा नम्बर हस्तान्तरण गरि शुभारम्भ गर्नुभएकोे थियो ।

प्रतिक्रिया