आइतबार, चैत २९, २०७७

नेपालमा कोरोना जित्नेको संख्या ७१ हजार नाघ्यो

ज्योतिन्यूज २०७७ असोज २२ गते १६:३८

२२ असोज, काठमाडौँ । काठमाडौँ । गत २४ घण्टामा २ हजार ६७५ संक्रमितहरु निको भएसँगै देशभर निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

यसैगरी विहिबार नेपालमा ४ हजार ३ सय ६४ जना नया संक्रमितहरु थपिएका छन् । १८ हजार ४७३ नमुना परिक्षणमा सो मात्रामा संक्रमितहरु भेटिएका हुन् । अहिले देशमा संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

काठमाडौँ उपत्यकामा २ हजार ५ सय ४० जनालाई कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८५ जना काठमाडौँ जिल्लाका संक्रमितहरु हुन भने, १३५ जना भक्तपुरका तथा ३२० जना ललितपुरका रहेका छन् ।

हाल नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । यसैगरी यस अवधिमा १२ जनाको निधन भएको छ भने यो सँगै कुल निधन हुनेहरुको संख्या ५९० पुगेको छ ।

प्रतिक्रिया