बिहीबार, असोज ७, २०७८

गुल्मीमा १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ज्योतिन्यूज २०७७ असोज २२ गते १६:४९

गुल्मी, २२ असोज । विहिबार गुल्मीमा १८ जनामा कोेरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सो मात्रामा संक्रमित देखिएका हुन् ।

यसैगरी अर्घाखाँचीमा २७, कपिलबस्तुमा ७, दाङमा ५५ जना, नवलपरासीमा २१, पाल्पामा २१, प्युठान, बर्दिया १०, रुपन्देहीमा १९९, रोल्पामा १ तथा बाँकेमा ५७ जनामा कोरोना देखिएको छ । विहिबार नेपालमा ४ हजार ३ सय ६४ जना नया संक्रमितहरु थपिएका छन् । १८ हजार ४७३ नमुना परिक्षणमा सो मात्रामा संक्रमितहरु भेटिएका हुन् । अहिले देशमा संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । काठमाडौँ उपत्यकामा २ हजार ५ सय ४० जनालाई कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८५ जना काठमाडौँ जिल्लाका संक्रमितहरु हुन भने, १३५ जना भक्तपुरका तथा ३२० जना ललितपुरका रहेका छन् । त्यसैगरी गत २४ घण्टामा २ हजार ६७५ संक्रमितहरु निको भएसँगै देशभर निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

हाल नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । यसैगरी यस अवधिमा १२ जनाको निधन भएको छ भने यो सँगै कुल निधन हुनेहरुको संख्या ५९० पुगेको छ ।

प्रतिक्रिया