प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना संक्रमण मुक्त
ज्योतिन्यूज
२०७७ असोज २३ गते ७:१५
२३ असोज, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीकाे सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त भएका छन् । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ र प्रेस सल्लाहकार सूर्य थापा काेराेना संक्रमण मुक्त भएका हुन् ।
उनीहरुको सम्पर्कमा रहेका परिवारका सदस्यहरुकाे समेत विहीबार गरिएको स्वाब परीक्षण गरिएकाेमा सबैको नेगेटिभ आएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।
सम्बन्धित
प्रतिक्रिया