बढ्यो सुनको मूल्य, तोलाको कति ?
ज्योतिन्यूज
२०७७ असोज २३ गते ११:०८
२३ असोज, काठमाडौँ ।यो साताको अन्तिम दिन शुक्रबार सुन तोलामा ९ सय रुपयैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ९ सय रुपैयाँ बढेपछि शुक्रबार सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै तेजावी सुनको मूल्य ९४ हजार ३ सय तोकिएको छ । हिजो तोलामा २ सय रुपैयाँ घटेकोे सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएकाे थियो । यस्तै शुक्रबार चाँदीको मूल्यसमेत बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया