शनिबार, फागुन २२, २०७७

काठमाडौँमा १४०९ जनामा कोरोनाभाइरस पुष्टि

ज्योतिन्यूज २०७७ असोज २३ गते १६:३१

२३ असोज, काठमाडौँ ।
शुक्रवार काठमाडौँ जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा कोरोना देखिएको छ । उपत्यकामा कुल १४०९ जनामा संक्रमण देखिएको छ । यस्तै नेपालमा २०५९ जनालाई कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । यसैगरी १६८० जना निको भएसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ । यसैगरी यस अवधिमा नेपालमा कोरोनाको कारण १० जनाको निधन भएसँगै निधन हुनेहरुको संख्या पनि ६ सय पुगेको छ । अहिले देशमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

प्रतिक्रिया