बिहीबार, साउन १४, २०७८

नेपालमा कोभिड १९बाट निधन हुनेको संख्या ६०० पुग्यो

ज्योतिन्यूज २०७७ असोज २३ गते १६:३८

२३ असोज, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस अर्थात कोभिड १९ बाट निधन हुनेहरुको संख्या ६ सय पुगेको छ । शुक्रवार १० जनाको निधन भएको पुष्टि भएसँगै सो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँ जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा कोरोना देखिएको छ । उपत्यकामा कुल १४०९ जनामा संक्रमण देखिएको छ । यस्तै नेपालमा २०५९ जनालाई कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । यसैगरी १६८० जना निको भएसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ । यसैगरी यस अवधिमा नेपालमा कोरोनाको कारण १० जनाको निधन भएसँगै निधन हुनेहरुको संख्या पनि ६ सय पुगेको छ । अहिले देशमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

प्रतिक्रिया