बुधबार, कार्तिक ३, २०७८

ललितपुरको गोदावरी नगरपालिका एक हप्ताका लागि बन्द

ज्योतिन्यूज २०७७ असोज २३ गते २१:१३

२३ असोज, ललितपुर । गोदावरी नगरपालिका आउँदो आइतबारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले आज सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना सङ्क्रमित सङ्ख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिनुभयो ।
उक्त सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ ।
यसैबीच गोदावरीमा आजसम्म कोरोना सङ्क्रमितका कूल सङ्ख्या २८२, डिस्चार्ज भएका १४६, होम आइसोलेशनमा रहेका १२१, अस्पतालमा उपचार भइरहेका ६, नगरपालिकाको बडिखेल आइसोलेशनमा ६ र सङ्क्रमणबाट मृत्यु भएका तीन रहेको नगरपालिकाले जनाएको छ । यही असोज २० गते गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त हुनुभएको थियो ।

प्रतिक्रिया