बिहीबार, असोज ७, २०७८

राजस्थानलाई ४६ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

ज्योतिन्यूज २०७७ असोज २४ गते ७:४५

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको पुगेको हो ।

शीर्ष स्थानको दिल्लीले ६ खेलबाट १० अंक जोडेको छ। समान खेलबाट ८ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा झरेको छ। राजस्थान भने ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ।

टस हारेपछि ब्याटिङमा आएको दिल्लीले शारजहाँ क्रिकेट रंगशालाको पिच र मैदानअनुसार १८४–८ को औसत स्कोरमात्र बनाउन सकेको थियो । राजस्थानलाई १९.४ ओभरमा १ सय ३८ रनमा अलआउट गरेर दिल्लीले अर्को जित हात पारेको हो । कागिसो राबाडाले ३.४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन अश्विन र मार्कस स्टोइनिसले २–२ तथा एनरिच नोर्टजे, हर्सल पटेल र अक्षर पटेलले १–१ विकेट लिए ।

राजस्थानका राहुल टेवाटियाले ३८, यशस्वी जैसवालले ३४, कप्तान स्टिभ स्मिथले २४ र जोस बटलरले १३ रन बनाए । यसअघि दिल्लीबाट सिमरन हेटमायरले २४ बलमा १ चौका र ५ छक्कासहित ४५, स्टोइनिसले ३० बलमा ४ छक्कासहित ३९, कप्तान श्रेयस ऐरले २२, पृथ्वी शले २०, अक्षरले १७ र हर्सलले १६ रन बनाएका थिए ।

राजस्थानका जोफ्रा आर्चरले ३ तथा कार्तिक त्यागी, एन्ड्रयु टेइ र टेवाटियाले १–१ विकेट लिएका थिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ । यो दिल्लीको पाँचौ जित हो । राजस्थानको भने यो चौथो हार हो । राजस्थान ६ खेलमा ४ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया