बुधबार, साउन २०, २०७८

काठमाडौँमा एकै दिन थपिए झण्डै २७ सय संक्रमित

ज्योतिन्यूज २०७७ असोज २४ गते १८:५६

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

१९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार जानकारी दिनुभयो ।।

नेपालमा २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको हो।

यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको छ।

जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् ।

प्रतिक्रिया