शुक्रबार, असार ४, २०७८

सत्तामा महासंकटको भूमरी र शक्तिको मौनता

ज्योतिन्यूज २०७७ असोज २४ गते २१:४७

   

‘ तुमसे पहले वो जो  इक शख्स यहां तख्त नशीं था
उसको भी अपने खुदा होने का इतना ही यकीं था ’
                 –हबिव जालिव (पाकिस्तानी शायर)

मेरै देशका राजनीतिक नेतृत्वले इतिहासको क्रमभंगतालाई  आत्मासात गर्न सकेनन् । शायर जालिव तिमीले पाकिस्तानी हुकमरानका कुरामात्रै लेखेनौँ, संसारका शक्ति र प्रतिरोध चेतलाई पनि इतिहासको पुर्नपाठमा ललका¥याै । पक्कै हो-तिमीभन्दा पहिलाका शासक यस्तै घमण्डी थिए, विलाए र सक्किए मलाई साच्चै नेपालका प्रधानमन्त्री थोरैको मात्रनाम याद छ । अगाडि बढने अवस्था नरहने, पछाडि हट्नै नसक्ने, अक्करमा परिएपछि दुश्मन त गौंडा ढुकेकै हुन्छ । ठक्करदिने युक्ति लगाएकै हुन्छ । शक्तिले मैमत्त भएपछि सामनेको संकट छिचोल्न त परै जाओस् आँउदै गरेको संकटको आशंका पनि उसलाई हुँदैन् । थाहा नपाउनु, नहुँनु हैन् । हरेक देशमा सकंट सूचक मानकले संकेत दिइरहेका हुन्छन् । तिमीले सिपाही शासनको चरम अवस्थामा यो कविता लेख्यौ, त्यसवेला पाकिस्तानमा भने भाटकबि जयगानमा थिए । संकेतले चेत्ने मानव, परिणामले चेत्ने पशु ।

अहिले मेरो देशको सत्ता-राजनीति ज्वालामुखीको क्रेटरमा छ । कुनै पनि वेला बेलुनलाई सामान्य छेस्कोले घोचेपछि प्याट्ट फुट्न सक्छ । नायक खलनायकमा फेरिनेछन् । संकटको घडी समय, संवेदना र चेतनालाई ललकार्ने बेला इतिहासले युग र हामीसंगै प्रश्न गर्ने छ-अञ्जान , भीडमा फेरिएको जनता, आशले लतारिएका चतुरेलाई त छुट हुन्थ्यो तर तिमी भने त्यो बेला के गरिरहेका थियौ ? हामी नाजवाफ बनेर-चलफिर गर्ने मुर्दा थिँए भन्ने जवाफ वाहेक केही हुँनेछैन् । म पनि तर्कसिद्दिएको अपराधी दरिनेछु । फ्रासेन्ली राज्यक्रान्ति र रब्स पियर यिनीहरुको गुरु कहिल्यै बन्न सकेनन् ।

संकट सूचक

१ .  विश्वासको संकट
खाएर, पिएर र अघाएका सामने अनेकौ बहस पानीका फोका झैँ देखिए तर ती अर्थहीनबन्दै कसैको रौँ पनि नहल्लाउदै आए, गए र सिद्दिए । जुन देशमा बहस, विरोध , आलोचना अर्थहीन हुन्छन्, त्यहाँ सत्ता मैमत्त भएर जनमत निदाउँदै मुर्दा बन्न पुग्छ । जवाफदेही कसैले बन्न पर्दैन । राज्यसत्ताका  कुनै अगंप्रति कसैको विश्वास नहुँनु संकटको पहिलो संकेत र सूचना हो ।

सिद्दान्त, विचार, आर्दश, मूल्य र मान्यताप्रतिको अविश्वासले समाज एकातर्फ अराजकता, अपराधिकरण वा निरासामा धकेलिन्छ भने राज्य कमजोर तप्काको अभिभावक भन्ने मान्यता ध्वस्त  हुन्छन् । अझ कोरोनामा राज्यले जिम्मेवारी नउठाउने र वेहोसमा मात्र अस्पताल जाने उर्दीले त राज्यप्रतिको सैद्दान्तिक मान्यता नै ध्वस्त गरायो ।
हरेक विषय यत्रतत्र सबैतिर भ्रष्ट देखिए, किनमेलमा देखिए । न्याय त अझ महंगो छ । अर्थात जेजे नाम दिएपनि देशको ब्यबस्था भ्रष्टतन्त्र (क्ल्प्टोक्रेसी) भन्ने विश्वस्त हुँईदैछ । यो संस्थागत भएको छ, सिण्डिकेट भएर अभ्यासरत छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल र वहालवाला प्रम खडगप्रशाद शर्मा ओली तीन जनालाई ९ अर्ब भ्रष्टाचारको आरोप लगाए । फेसबुके आरोप थिएन । तर तिनैजनाले कुनै प्रतिकृया जनाएनन् । न  डा. भट्टराईले अख्तियारमा मुद्दा दायर नै गरे । यसो त डा. भट्टराईले दाहाललाई  हतियार विक्री बारे विगतमा आरोप लगाए पनि पदमाहुँदा कुनै कानुनी दायरामा नल्याएर राष्ट्रको जिम्मेवारी पुरा गरेका थिएनन्, न अफू प्रति विश्वासको जर्गेना । आरोपलाई लोकपृयता प्रोपोगण्डा नबनाई कानुनी दायरामा ल्याउनु आवश्यक हुन्थ्यो, नत्र गैर -जिम्मेवार ठानिन्छ भने जिम्मेवार ब्यक्तित्वले लगाएको सार्वजनिक आरोपको प्रष्टिकरण दिँईदैन भने स्वीकारेको ठहरिन्छ । जव दुवैपक्षबाट हुँदैन् तव अख्तियारजस्ता राज्यको अन्य अंगले स्वम संज्ञान लिनुपर्ने हुन्थ्यो , भएन ।  अब अरु मुद्दा जस्तै यो पनि टिँटीँ फिस्सा  !

२ .  बढ्दो बलत्कार र आत्माहत्या ! दायित्व बहन कस्ले गर्ने ?

आत्माहत्या र बलत्कारका घटना बढ्दा छन् । अझ बलत्कार र हत्या त्यसमा पनि दलित बिष्ट घटना बढ्दा छन् । किन मान्छे आत्माहत्या गर्छ ? किन बलत्कारपछि पनि वासनातृप्त  बलत्कारीले बलात्कृतको हत्या गर्छ ?  के यो वासनाको उन्मादपूर्ण अपराध मात्रै हो ?  कानुन व्यबस्थाको समस्या मात्रै हो कि   ?   सामाजिक र सास्कृतिक राजकीय मनोविज्ञानमा यसका समस्या छन ? अझ प्रायजसो बलत्कारीहरू ‘उच्चजाति’ वर्चश्वशाली समूहकै हुन्छन् । के पुरूष वा जातिगत श्रेष्ठता अहंकार पनि हो ? उसलाई  बचाउन सो समूह वा पञ्चहरू नै किन लाग्छन ? जवकी उनका पनि छोरीचेली भविष्यमा  बलत्कारका सिकार बन्ने हेक्का किन राख्दैनन  ?  दलित हत्या, उत्पीडन र बलत्कारका घटना र हत्यामा कतै एउटै मनोविज्ञानले काम गरेको त छैन ?

सिरियल दलित उत्पीडन, बलत्कार र हत्या बढ्दो  छ  तर बिष्टका खले दलित नेतृत्व या मौन छ एंजियोकर्मी बनेर आक्रोसमा पानी हाल्ने काम गर्दैछन्  ।  दलित आयोग, दलित जनवर्गिय संगठन र दलित नेतृत्व चेहरामा स्वभिमानी चेत र आन्दोलन नहेरेर सत्ताका दलित अनुहार बनेका मात्रै छन् । के दलित आन्दोलन विघटन त कतै भएन ? गम्भीर हुँने कि ?
बझाङकी सम्झना कामी नेपाली समाजको सोच, सांस्कृतिक अवस्था र मनोविज्ञान, पुरुषवाद, विष्टवाद , राजनीतिक व्यवस्थाको संयुक्त प्रतिनिधि शिकार हुँन् । वर्चश्वशाली समूहको आक्रमण हो । यो पुरूष कामुकता र सामान्य अपराधको विषय मात्रै हैन् । हत्या, बलत्कार र त्यो पनि मन्दिर, सामाजिक मौनता अझ भयानक विषय हो । अहिलेनवराज बि.क.  र मधेस ज्वलन्त उदाहरण् हुँन । विगतजस्तै ब्यक्तिगत अपराधको रूपमा यसलाई परिभाषित गरिदैं छ  ।  के यो राजकीय मनुवादी वर्चश्वशालीको अंहकारीय भावना त हैन् ? मौन, सहज र सरल लिइन्छ भने समाज अर्को अपराधी ठहरिदैन ?

३.  युवा र चेत
तेस्रो संकट म यूवाहरुको राजनीति प्रति यूवाहरुकै  बितृष्णा देख्छु । यूवा हुँनलाई यूवाचेत र जिज्ञाशा अनिवार्य हुन्छ । चुनौतिसंग भिड्, नयाँ सोच र कर्ममा उत्रिनु, समयको चेतना राख्नु, विचार र राजनीतिमा हस्तक्षेप गर्नु र नेतृत्व लिनु नै यूवा परिचय हो । अझ आफ्ना गरिमा जोगाउदै आफैँप्रति न्याय गर्नु । किशोर उमेरमै नयाँ परिचय बनाउन सफल भएका पनि किन राजननीति र सामाजिक उत्पीडनबाट आफुलाई  सरोकार राख्दैनन  ?  हो, हामी सबैका सीमा, समस्या र कमजोरी त छन् । तर नयाँ समयमा नयाँ तरिकाले सोच्न के हामी तयार छौँ  ? 

किन युवाहरू राजनीतिबाट टाढिदैछन्  ?  किन वितृष्णा बढदो छ ?  राजनीतिबाट यूवा शक्ति टाढिए, पलायन भए त देशमा, विश्वमै दुष्टहरुकै रजाँई हुँने नै भयो । संकटमा फँसेको सरकार कोरोनालाई  अवसर बनाउँदै लकडाउन उसका लागि बरदान नै बन्यो । हिटलर सिद्दान्त-जनतालाई यति धेरै निचोर कि उसले आफु जिउँदो हुनलाई नै विकास ठान्नेछ । आज यही हुदैंछ देशका जनताको अवस्थालाई राम्ररी हेर्नुहोस् सुन्नुहोस उनीहरूको पीड़ा । यति दु:ख देउकि  दु:ख नै मान्छेले भूलसिकेका  हुन्छन् । तव, दु:खबाट सामान्य खुकुलो पारिदिने वित्तिकै पुराना कुरा भूलेर नयाँकर्मको चर्चा हुँनथाल्छ ।’ लकडाउन केही खुकुलो पनि त्यस्तै भयो ।

 अन्तमा

हैन् पिनोचे,सुकार्नो मात्रै पर्दैनन् म्यकार्थीकालको पुनर्वाचन गर्नेलाई पनि इतिहासले चिहान खोतल्ने छ । के नेपाली अंशियार त त्यसमा  कोही छैनन् ?

प्रतिक्रिया