आइतबार, फागुन २३, २०७७

मन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

ज्योतिन्यूज २०७७ असोज २४ गते २०:४४

काठमाण्डौ – संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ ।

आज बिहान पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो । उहाँले फेसबुकमा लेख्दै आफुलाई कोरोना संक्रमण भएको भन्दै आफु सँग सम्पर्कमा आएकाहरुलाई सचेत रहन समेत आग्रह गर्नुभयो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ- गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?

प्रतिक्रिया