बिहीबार, मंसिर १६, २०७८

बढ्यो सुनको मूल्य, तोलाको कति ?

ज्योतिन्यूज २०७७ असोज २५ गते १२:४८

काठमाडौं, असोज २५ । गत साता निरन्तर ओरालो लागेको सुनको भाउ यो साताको सुरुकै दिन आइतबार ८ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोलाको ९५ हजार ६ सय कायम गरेको छ । गत शुक्रबार तोलाको ९४ हजार ८ सय थियो । यस्तै तेजावी सुनको भाउ पनि बढेर तोलाको ९५ हजार १ सय पुगेको छ । गत शुक्रबार ९४ हजार ३ सय थियो ।

यसैगरी साताको पहिलो दिन चाँदीको भाउ पनि वृद्धि भएको छ । आइतबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार २३५ रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहको छ।

प्रतिक्रिया