सोमबार, असोज ११, २०७८

रुपन्देहीका ४ सहित थप १२ जना संक्रमितको निधन

ज्योतिन्यूज २०७७ असोज २५ गते १३:०८

२५ असोज, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लोपटक नेपालमा थप १२ जनाको मृत्युु भएको छ ।

संक्रमणबाट भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. प्रमोद पौडेलले जानकारी दिनुभयो ।

उता सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढीका कोराना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको आज विहान मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै संक्रमणबाट रुपन्देहीका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् ।

उता, बाँकेमा गए राति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका – ८ गोल्छाका ७१ वर्षीया महिला र नेपालगन्ज उपमहानगरपालिका –१० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुुभयो ।

यसैगरी, विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको गयराति मृत्यु भएको छ । सुनसरीका एक वृद्ध पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो

यसैगरी, चितवन मेडिकल कलेज र धुलिखेल अस्पतालमा एक–एक जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया