बुधबार, कार्तिक ३, २०७८

कांग्रेसलाई बाबुरामको जवाफ –छानविनमा सहयोग गर्न प्रतिवद्ध छु

ज्योतिन्यूज २०७७ असोज २६ गते १३:२९

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारको प्रमाण ल्याउन नेपाली काँग्रेसले चुनौती दिएपछि जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले निष्पक्ष छानविनको माग गर्नुभएको छ ।

पछिल्ला सरकारले कमिशनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै भट्टराईले छानविनको माग गर्नुभएको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हिजो विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईले ट्वीटर मार्फत बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारको छानविनमा लागि आफू सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो ।

उहाँले आफु प्रधानमन्त्री हुँदा निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएकाले अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग समेत गर्नुभएको छ ।

प्रतिक्रिया