सोमबार, साउन १८, २०७८

कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

ज्योतिन्यूज २०७७ असोज २६ गते १६:१२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाउनुुभएको छ ।

कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई आज प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराउनुुभएको हो ।
मुख्यमन्त्री शाहीले आज नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिनुुभएको छ ।

नेपाली यसअघि सचेतक हुुनुुहुुन्थ्यो ।शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।

हिजोमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक शाहले आज नै दलको बैठक बोलाउनुुभएको छ ।

नेकपा कर्णाली प्रदेशमा लामो समयदेखि रस्साकस्सी बहुमत सांसदले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सतहमा आएको छ ।

प्रतिक्रिया