शनिबार, असोज ९, २०७८

सोमबार थपिए ४ हजार ४७ जना संक्रमित

ज्योतिन्यूज २०७७ असोज २६ गते १६:२६

काठमाडौँ । सोमबार नेपालमा ४ हजार ४७जनालाई कोेरोना पुष्टि भएको छ । १४ हजार ५३० नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । हाल देशभर ३३ हजार ८८० जना संक्रिय संक्रमित रहेका छन् भने ४ हजार ८३१ जना क्वारेन्टीनमा रहेका छन् ।
गत २४ घण्टामा १४७३ जना निको भएसँगै हालसम्म ७७ हजार २ सय ७७ जना निको भएका छन् । यसै गरी यस अवधिमा ९ जनाको निधन भएसँगै कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या ६४५ पुगेको छ ।

प्रतिक्रिया