आइतबार, फागुन २३, २०७७

गुल्मीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, रुपन्देहीमा १२५

ज्योतिन्यूज २०७७ असोज २६ गते १६:३८

गुल्मी, २६ असोज । लुम्बिनी प्रदेश अन्तर्गतको गुल्मी जिल्लामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस विफ्रिङ्ग मार्फत सो जानकारी दिएको हो ।

त्यसैगरी लुम्बिनी प्रदेशका रुपन्देहीमा १२५, बाँकेमा ४५, अर्घाखाँची र कपिलबस्तुमा आठ आठ जना, दाङमा १३ जना, नवलपरासीमा २४ जना, पाल्पामा १४ जना, प्युठानमा २६ जना, बर्दियामा २६ जना र रोल्पामा २ जनामा कोरोना देखिएको छ ।

काठमाडौँ उपत्यकामा २ हजार २८३ जना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौँ जिल्लाका १ हजार ८ सय ८८, भक्तपुरमा १ सय ८८ तथा ललितपुरमा २७७ जना रहेका छन् । सोमबार नेपालमा ४ हजार ४७जनालाई कोेरोना पुष्टि भएको छ । १४ हजार ५३० नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । हाल देशभर ३३ हजार ८८० जना संक्रिय संक्रमित रहेका छन् भने ४ हजार ८३१ जना क्वारेन्टीनमा रहेका छन् ।

गत २४ घण्टामा १४७३ जना निको भएसँगै हालसम्म ७७ हजार २ सय ७७ जना निको भएका छन् । यसै गरी यस अवधिमा ९ जनाको निधन भएसँगै कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या ६४५ पुगेको छ ।

प्रतिक्रिया