बिहीबार, मंसिर १६, २०७८

गुणस्तरहीन भएपछि सात स्यानिटाइजरलाई कारवाही

ज्योतिन्यूज २०७७ असोज २६ गते १९:३६

काठमाडौं, २६ असोज ।
नेपाल सरकारले हाल बजारमा बिक्री–वितरण हुँदै आएका हात तथा वस्तुको निर्मलीकरणका लागि प्रयोग गरिने केही स्यानिटाइजर गुणस्तरहीन भएको जानकारी गराउँदै यसको प्रयोग नगर्न सूचनाजारी गरेको छ ।

केही हप्ता अघि दर्जन बढी सेनिटाइजरको प्रयोगमा बन्द गराएको सरकारले फेरी ७ प्रकारका सेनिटाइजर प्रयोग नगर्न भनेको छ ।
भारतमा निर्मित पामाकियर, चीनमा निर्मित ओपेकल र नेपालमा निर्मित सासा, युनिकियर, इन्सट्यान्ट, एड्भान्स ह्यान्ड एन्ड सूर्यमुखी नामका स्यानिटाइजर गुणस्तरहीन भएको सरकारले बताएको छ ।

औषधी व्यवस्था विभागका अनुसार चार कम्पनीबाट निर्मित स्यानिटाइजर गुणस्तरहीन मात्र नभई प्रयोगकर्ताको स्वास्थ्यका लागि हानिकारक पनि छन् ।

त्यसमा प्रयोग भएको विषयुक्त रसायन मानव स्वास्थ्यलाई घात गर्ने खालको छ । सरकारले सम्बन्धित उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन तत्काल बजारबाट फिर्ता लिन भनेको छ ।

प्रतिक्रिया