घट्यो सुनको मूल्य, तोलाको कति ?
ज्योतिन्यूज
२०७७ असोज २७ गते ११:१२
२७ असोज, काठमाडौं ।
नेपाली बजारमा आज सुनको भाउ ५ सयले घटेको छ । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको हो । आज ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको ९५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार ६ सय मै कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया