बिहीबार, फागुन २०, २०७७

सुनको मूल्य घट्यो, तोलाको कति ?

ज्योतिन्यूज २०७७ असोज २८ गते ११:०६

२८ असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ६ सयले घटेको छ । आज सुन ९४ हजार ५०० मा कारोबार भइरहेको छ ।  आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको हो । मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको हो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

प्रतिक्रिया