बुधबार, कार्तिक ३, २०७८

आज देशभर थप २ हजार ६३८ जनामा कोरोना संक्रमण

ज्योतिन्यूज २०७७ असोज २८ गते १६:४३

काठमाडौँ ,२८ असोज ।

देशभर आज  बुधबार थप २ हजार ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको र  बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी   दिनुभएको हो ।
उहाँका अनुसार सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ८१९ र होम आइसोलेशन २१ हजार ५४८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया