धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या
ज्योतिन्यूज
२०७७ असोज २८ गते १६:३८
कनकाई, २८ असोज ।
कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।
झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो । उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
सम्बन्धित
प्रतिक्रिया