शनिबार, वैशाख ४, २०७८

चाडपर्वका बेला जिल्ला प्रशासन कार्यालय गुल्मीले दियो यस्तो निर्देशन

ज्योतिन्यूज २०७७ असोज २९ गते १३:१४

गुल्मी, २९ असोज । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा कोरोनाभाइरस संक्रमणको दर बढीरहेको भन्दै सचेत रहन जिल्लावासीलाई आग्रह गरेको छ । विहिबार एक सार्वजनिक अपिल जारी गर्दै प्रजिअ भरतकुमार शर्माले दशै तिहारलगायतका चाडपर्वहरु घरमै बसेर मनाउन समेत आग्रह गरे ।
हाल जिल्लामा सामाजिक दूरी पालना नगर्ने, भिडभाड गर्ने तथा सुरक्षाका मापदण्ड पालना नगर्ने गरेको पाइएको भन्दै प्रशासनले सचेत रहन भनेको हो ।
यसैगरी सार्वजनिक यातायात सञ्चालन भएको र चाडपर्व मा कोरोना संक्रमणको जोखिम बढ्ने सतर्क रहन र घरमै दशैतिहार मनाउन आग्रह गरेको हो । जरुरी काम नपरेसम्म बाहिर ननिस्कन पनि प्रशासनले आग्रह गरेको छ ।
त्यस्तै मन्दिर मस्जिद चर्चहरुमा नियमित पूजापाठ आरधना बाहेक धार्मिक मेला, जात्रा, सरायँ नाचलगायतका गतिविधि गर्न पनि बन्देज लगाइएको छ ।

प्रतिक्रिया