बुधबार, मंसिर २२, २०७८

सुनको मूल्य बढ्यो, तोलाको कति ?

ज्योतिन्यूज २०७७ असोज ३० गते ११:४२

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । हिजो (बिहीबार) को तुलनामा आज (शुक्रबार) तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा चार सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने तोलाको १२ सय रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया