बिहीबार, असोज ७, २०७८

मन्त्रिपरिषद् पुनर्गठन प्रचण्डकै सहमतीमा भएको दावी

ज्योतिन्यूज २०७७ असोज ३० गते १२:३३

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असन्तुष्टि रहेको चर्चा चलिरहेका बेला नेकपाकै एक नेताले भने प्रचण्डकै सहमतीमा मन्त्रीपरिषद् पुनर्गठन भएको दावी गरेका छन् ।

पूर्व माओवादी नेता तथा नेकपा स्थायी समिति सदस्य मणि थापाले प्रचण्डसँगको सल्लाह र सहमती मै मन्त्रीपरिषद् पुनर्गठन भएको आफुलाई जानकारी रहेको बताउनु भएको हो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उहाँले प्रचण्डले असन्तुष्टि जनाएको भन्ने हल्ला साँचो नभएको दावी पनि गर्नुभयो । नेता थापाले दशै वा तिहारपछि अरु पनि धेरै मन्त्रीहरु फेरबदल हुने बताउनुभयो ।

नयाँलाई अवसर दिनु पर्ने र राम्रो गर्न नसक्नेहरुलाई राखिरहन नहुने भएकाले फेरी फेरबदल हुने उहाँको भनाई थियो ।

मन्त्रीपरिषद्मा हुने फेरबदलले सरकार र पार्टीलाई पुनर्जीवन दिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । -NRN

प्रतिक्रिया