मंगलबार, फागुन २५, २०७७

सिटिजन्स बैंकको चाडपर्वमा विशेष छुटको योजना

ज्योतिन्यूज २०७७ असोज ३० गते १४:३८

३० असोज, काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपैयाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५ सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना यही कात्तिक ६ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया