मंगलबार, कार्तिक ९, २०७८

गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

ज्योतिन्यूज २०७७ कार्तिक १ गते १४:१८

गुल्मी, १ कार्तिक ।
गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । शुक्रवार साँझ मदाने गाँउपालिका ७ टिमुरखर्कमा लु ३ त, ६८९६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ४५ बर्षीय नेत्रबहादुर घर्तीको मृत्यु भएको हो । त्यसैगरी दुर्घटनामा चालक सामान्य घाइते भएका छन् भने मदाने ७ का ९ बर्षीय आयुष घर्ती घाइते भएका छन् ।
टिमुरखर्कबाट गीटि बालुवा लिएर भनभने जाँदै गर्दा उक्त ट्रयाक्टर सडक बाट १७ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका नेत्रबहादुरलाई गुल्मी अस्पताल पुर्याएपछि निधन भएको थियो ।

प्रतिक्रिया